Logo

झलनाथ र उपेन्द्र भन्छन्–ओलीको औचित्य सकियो



फागुन २९, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी ओलीले गलत बाटो हिँडेको आरोप लगाएका छन् । कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै खनालले पार्टीको विधान विपरित मनलाग्दी गरिकाले गलत निर्णय गरेका कारण ओली आफै पतनको बाटोमा हिँडेको जिकिर गरेका हुन् ।

महाधिवेशनबाट निर्वाचित पदाधीकारीलाई पदमुक्त गर्ने तथा एकलौटी रुपमा नेताहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय असफल पार्ने चेतावनी खनालले दिएका छन् । आफूहरुले ओली प्रवृत्तिको अन्त्य गरेरै छाड्ने पनि खनालले बताएका छन् । ओलीले पार्टी नेकपा एमाले फुटाउने काम गरे पनि त्यसको प्रतिवाद गरेर फुटबाट जोगाउने आफुहरुको प्रयास हुने खनालको भनाई छ । ओलीले बोलाएको केन्द्रिय समिति बैठकमा कार्यकर्ताको रायअनुसार सहभागि हुने या नहुने भन्ने विषयमा निष्कर्ष निकालिने खनालले बताएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्वको सरकारको औचित्य सकिएको बताएका छन् । ऋषि धमलासँग कुरा गर्दै यादवले अब नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार बनाउनुको विकल्प नरहेका बताएका हुन् । तीन दल मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने यादवले स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीसँग संविधान संशोधन र रेशम चौधरीको रिहाइका विषयमा छलफल गरे पनि उनलाई सहयोग गर्न नसकिने यादवको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्