Logo

प्रचण्डसँग मिलेर माधव–झलनाथ समुहले आफूमाथि षडयन्त्र गरेको ओलीको आरोप



चैत १, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका नेताहरु पदको पछि लागेकाले जिम्मेवारी मुक्त गर्नुपरेको बताएका छन् । कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै ओलीले व्यक्तिगत असन्तुष्टीलाई केन्द्रमा राखेर एमालेका नेताहरुले विवाद गरेपछि अध्यक्षका नाताले पदमुक्त गरेको बताएका हुन् ।

आफूमाथि माधव कुमार नेपाल पक्षले कारबाही गर्ने अभियान चलाएको तर देश र जनताका पक्षमा काम गर्न नदिएको ओलीको भनाई छ । आफूले गरेका निर्णय मन नपरे चैत ७ गतेको केन्द्रिय समिति बैठकमा आएर छलफल गर्न ओलीले सुझाब दिएका छन् । ओलीले माधव–झलनाथ समुह नेकपा माओवादी केन्द्रसँग भित्रभित्रै मिलेर आफूविरुद्ध षडयन्त्र गरिरहेको आरोप पनि लगाए ।

माधव समुह अहिले नभै संसद विघटनअघि देखि नै विभाजनको बाटोमा गएको ओलीको आरोप छ । आफूले दोस्रोपटक मिर्गौला फेरेपछि स्वास्थ्य जटिलतालाई ध्यानमा राखेर त्यसबेला प्रचण्डको कुर्सी तल राखिएको विषयलाई गलत प्रचार गरिएको ओलीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्