Logo

थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलका लागि नेपाली टिमको घोषणा, कोको छन् टिममा ?



चैत ११, काठमाण्डौ । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बुधबार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरेका हुन् । गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् ।

राष्ट्रिय टिमका नियमित फरवार्ड नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, आशिष लामा, सन्तोष तामाङ टिमबाट बाहिरिएका छन् । चोटमुक्त हुँदै अनन्त तामाङ टिममा फर्किएका छन् । खेल अघि नेपाली टिम बुधबार अभ्यासमा व्यस्त थियो । सो क्रममा टिमका मुख्य प्रशिक्षक महर्जन र कप्तान किरणले उच्च मनोवलका साथ मैदान उत्रने बताए ।

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू२३ टिमको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बिहीबार पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस्