Logo

फोटोपत्रकार वन्तको ‘थाहा छैन’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)



चैत १९, काठमाण्डौ । विगत एक दशक भन्दा वढी लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सयौं सफल कार्यक्रमहरु आयोजना गर्दै आएका प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष जंग थापाद्धारा लिखित ‘थाहा छैन’ नामक म्यूजिक भिडियो काठमाडौंको कपन स्थित फलैचा रेष्टुरेन्टमा एक कार्यक्रम गरि विमोचन गरिएको थियो ।

नेपालको फोटो पत्रकारितामा स्थापितसमेत भैसकेका वन्तले नेपाली समाजमा युवा युवतिहरु मायामा कसरी तडपिएर वाच्दा रहेछन भन्ने भोगेको दुखलाई गीत संगीतमा अभिनयकोे माध्यमबाट प्रस्तुत गरेका छन् । गीत सार्वजनिक कार्यक्रममा वोल्दै प्रमुख अतिथि संगीतकार तथा गायक नरहरि प्रेमीले समसामयिक विषयलाई गीतमार्फत उठान गरेकोमा खुशी व्यक्त गरे ।

गीतकार सन्तोष जंग थापाद्धारा रचित ‘थाहा छैन’ नामक गीत गायक रोसन राईले गाएका छन भने भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल मुना राई र गायक तथा मोडल टम्पशेर राईको अभिनय रहेको छ । गीतको छायाँङ्कन रामकृष्ण चौलागाईले गर्नु भएको छ भने संगित तथा भिडियो निर्देशन आसिक राईले गर्नु भएको छ । म्यूजिक भिडियो रन्जु राई मिनाले निर्माण गर्नु भएको हो साथै उक्त म्यूजिक भिडियो सदभाव टिभि नेपाल यूट्युव च्यानल मार्फत आजै सार्वजनिक गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्