Logo

प्रधानमन्त्री ओलीसँग देउवा र पौडेल रुष्ट, दिए कडा चेतावनी



चैत २१, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रतिनिधिसभालाई प्रधानमन्त्री ओलीले आफु अनुकुल चलाउन खोजेको आरोप लगाएका छन् । शनिबार काठमाडौं नेपाल शिक्षक संघ संघीय कार्यसमिति कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीले आफु अनुकुल संसद बन्द गर्ने र खोल्ने गरेको आरोप लगाएका हुन् ।

देउवाले संसद अधिवेशन लगाएतका बिषयमा ओलीले गरेको निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आखाँ चिम्लेर सहिछाप गर्ने गरेको बताए । कांग्रेससंग संसद बोलाउने संख्या पनि नपुग्ने बाध्यता रहेको भन्दै उनले संसदमा सरकारबिरुद्ध आवाज उठाउदा ओलीले संसद बन्द गर्ने गरेको गुनासो देउवाले गरेका छन् ।

देउवाले अहिले प्रतिकुल अवस्था रहेपनि संसदमा लडेर प्रजातन्त्रलाई बलियो बनाउने बताए । बिभिन्न निकायमा ओली सरकारले गरेको हस्तक्षेपको विरुद्ध कांग्रेस सशक्त रुपमा उत्रिने चेतावनी पनि देउवाले दिएका छन् ।

सोही कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भन्दै संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताए । उनले जनताले दिएको दुईतिहाइको जनमतलाई प्रधानमन्त्रीले लत्याएको आरोप समेत लगाएका छन् । अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पौडेलको भनाई छ ।

पौडेलले प्रधानमन्त्रीमा अहंकार देखिएको र मुलुकमा समग्र लोकतन्त्रमाथि खतरा ल्याएको बताए ।

 



प्रतिक्रिया दिनुहोस्