Logo

आहा रारा गोल्डकपमा एपीएफको पहिलो जित, सेमिफाइनलमा प्रवेश



चैत २१, काठमाण्डौ । विभागिए टिम एपीएफ क्लव आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उद्घाटन खेलमा घरेलु टिम सहारा क्लवलाई एक शुन्यको झिनो अन्तरले हराउँदै एपीएफले अन्तिम चारमा स्थान बनाएको हो ।

पोखरा रंगशालामा भएको खेलमा आशिष लामाको एकमात्र गोलले एपीएफलाई सेमिफाइनलमा पुर्याएको हो । आशिष खेलको म्यान अफ दि म्याच समेत चुनिए । अब एपीएफले सेमिफाइनलमा मनाङ र संकटाविचको विजेतासँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत आइतबार मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम