Logo

एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब शीर्ष स्थानमा



चैत २२, काठमाण्डौ । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ शिर्ष स्थानमा रहन सफल भएका छन् । एपिएफले ३ मा तीनै खेल जित्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो ।

यस्तै हेल्प नेपालले पनि ३ खेलमा तीनै खेल जित्दै एपिएफ संग समान अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो । ७ क्लबको सहभागिता रहेको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी र पुलिसको एनपिसी ३ खेलमा ६ अंक तथा बुलबुले रारा क्लब ४ खेलमा ६ अंक प्राप्त गरेका छन् । नयाँबजार समाज युवा क्लब ३ खेलमा र मणिमुकुन्द क्लब ४ खेलमा शुन्य अंकका साथ पुछारमा रहेका छन् ।

राष्ट्रिय बाणिज्य बैंकको प्रायोजन तथा नेपाल भलिबल संघको आयोजनमा भएको प्रतियोगितामा महिला तर्फ सेनाको त्रिभुवन आर्मी क्लब र पुलिसको एनपिसी ३ खेलमा तीनै खेल जित्दै समान ८÷८ अंकका साथ शिर्ष स्थानमा रहेका छन् । आर्मीले ह्वाङ्गजी न्यू डायमण्ड संग र पुलिसले एपिएफ संग ५ सेट खेल्दै जित हात पारेका कारण अंक बाँट्न बाध्य भएका थिए । यस्तै न्यू डायमण्डको ३ खेलबाट ७ अंक रहेको छ भने एपिएफको २ खेलबाट ४ अंक भएको छ । भरतपुर मेट्रोको ३ खेल र ढोरपाटन स्पोर्टस् क्लब ४ खेलमा ० अंकमा रहेका छन् ।

आइतबार भएको महिला तर्फको खेलमा पुलिस र सेनाले जित हात पा¥यो । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५।९, २५।५, २५।५ र सेनाले भरतपुर मेट्रो क्लबलाई २५।९, २५।८, २५।१३ ले पराजित गरेको हो । यस्तै पुरुष तर्फको प्रतिस्पर्धामा पुलिसले मणि मुकुन्द भलिबल क्लबलाई २५।१८, २५।१९, २५।११ ले पराजित ग¥यो । तीन भारतीय खेलाडी सहितको टिपटप हेल्प नेपालले तीन पाकिस्तानी खेलाडीले सज्जित बुलबुले रारालाई २१।२५, २५।१८, २६।२४ र २५।२१ को सेटमा पराजित गर्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो ।



प्रतिक्रिया दिनुहोस्