Logo

राष्ट्रिय टेबलटेनिस खेलाडि अनिता महर्जनले खोलिन एन्निज पिङपङ क्लब



चैत २४, काठमाण्डौ । राष्ट्रिय टेबलटेनिस खेलाडि अनिता महर्जनले आज बल्र्ड टेबल टेनिस डेका अवसरमा आमाबुबाको हातबाट एन्निज पिङपङ क्लबको स्थापना गरेकी छिन् ।
क्लबमा टेबलटेनिस सिक्न चाहने जुन सुकै उमेरका व्यक्तिले मौका पाउनेछन् । आफ्नै घरमा स्थापना गरिएको क्लब केही समयदेखि संचालनमा आएको भए पनि आज बुबा कान्छा काजी महर्जन र आमा बालामैजु महर्जनको हातबाट उद्घाटन गरिएको हो ।

राष्ट्रका लागि योगदान दिने उद्धेश्यले क्लब स्थापना गरेको महर्जनले बताइन् । समाखुशीको सरकारी धारास्थित आफ्नै घरमा क्लब खोलिएको हो ।


महर्जन टेबलटेनिस खेल्न थालेको १५ वर्ष भइसकेको छ । अहिले उनी सशस्त्र प्रहरी बलमा आवद्ध हुनुहुन्छ । आफ्ना लागि टेबलटेनिस जीवनको महत्वपूर्ण पाटो भएको महर्जन बताउँछिन् । ‘आज टेबलटेनिसले नै मलाई यहाँ पुर्याएको हो । मैले पाएको ज्ञान सबैलाई बाँड्न चाहन्छु ।’ उनले भनिन् ।

उनले लकडाउनका बेला खेलाडिहरुलाई सहयोग गरेर समाजसेवामा पनि सक्रिय थिइन् । अमेरिकास्थित क्यालिफोर्नियाको हामी नेपाली भन्ने संस्थाले नेशनल हिरो अवार्ड कोभिड नाइन्टिनमा महर्जनलाई मनोनयनसमेत गरेको थियो । त्यसैगरी नेपालमै पनि कोभिड १९ नेशनल हिरो अवार्डमा पनि मनोनित भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्