Logo

ऋषि धमलाको कार्यक्रममा ओली पक्षधर लोहनी र नेपाल पक्षधर लोहनीबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्षधर नेता खेम प्रसाद लोहनीले विधि र विधानअनुसार पार्टीका नेता तथा कार्यकर्ताहरु चल्नुपर्ने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । वरिष्ठ नेता माधव कुमार नेपाललगायतका नेताहरुले विगतमा गरेका गल्तीहरुको बारेमा आत्मआलोचना गर्दै पार्टीमा फर्किनुपर्ने धारणा राखे । खेम लोहनीले पार्टी अहिलेपनि जेठ २ गतेकै अवस्थामा रहेको जिकिर गरे । माधव नेपाल पक्षले प्रचण्डसँग मिलेर अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यबाट समेत हटाएको उनले सुनाए ।

उता, माधव नेपाल पक्षधर नेता राजेन्द्र लोहनीले आफूहरुले पार्टी विधानअनुसार चल्नुपर्नेमा जोड दिएको सुनाए । राजेन्द्र लोहनीले आफूहरु प्रचण्डसँग मिलेको भन्ने आरोप गलत भएको दाबी गरे । उनले हिजो नेकपा हुँदा प्रचण्डसँग केपी ओली नै मिलेको र कहिले माधव नेपाल पनि मिलेको स्मरण गराए । पार्टीभित्र समिकरण फेरबदल भएको पनि उनले स्विकारे ।



प्रतिक्रिया दिनुहोस्