Logo

सुर्य थापाले चार मन्त्रीबारे भनेः छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी छ



काठमाडौं, २७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सांसद पदबाट मुक्त गरिएका चारजना मन्त्रीको समर्थन गर्दै छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको टिप्पणी गरेका छन् । आज ट्वीट गर्दै उनले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले केवल पद प्रतिष्ठाको लागि राजनीति नगरेको उल्लेख गरेका छन् ।

थापाले चार जना नै मन्त्रीले सबैथोक हैसियत त्याग गर्ने स्पिरिटसाथ लामो यात्रामा अघि बढेको टिप्पणी गरेका छन् । माओवादी केन्द्रले ४ सांसदको पद खारेज गर्न पत्र लेखे अनुसार सभामुख अग्नि सापकोटाले हिजो खारेज गरेको निर्णय सुनाएपछि थापाको भनाई सार्वजनिक भएको हो ।

थापाले लेखेका छन्ः टाेपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गाैरीशंकर चाैधरी- केवल पद प्रतिष्ठाकाे लागि राजनीति हाेइन, राजनीतिक निष्ठाकाे लागि सबथाेक हैसियत त्याग गर्ने स्परिटसाथ लामाे यात्रामा अघि बढ्नुभएकाे छ । उहाँहरूले हिजाे छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएकाे गाैरवमय इतिहास साक्षी नै छ ।



प्रतिक्रिया दिनुहोस्