Logo

नारायणकाजीप्रति गोकुल बाँस्कोटाको टिप्पणी : मिडफिल्ड चाहीँ काजीलाई अचम्मै कम्फर्टेबल देखिने क्या !



काठमाडौं, २८ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल प्रसाद बाँस्कोटाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई नयाँ सरकार बनाउने प्रयत्न गरेको विषयलाई लिएर व्यंग्य कसेका छन् । उनले नेता श्रेष्ठलाई त मिडफिल्ड गरेको भन्दै उक्त भूमिकामा अचम्मै कम्फरटेवल देखिएको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्,-“अलिक दिन पछि आइयो,कमरेड प्रचण्डलाई युसुक्क धन्यवाद भनौ भनेर।कमसेकम सरकार बनाउने लक्ष्यसाथ चार गोल मज्जाले ठोक्नु भएछ।दर्जन दिम है कमरेड, स्वाद आम्छ के दर्शकलाई।सानो अनुरोध पनि थियो -मिडफिल्ड चै काजीलाइ अचम्मै कम्फरटेवल देखिने क्या!”



प्रतिक्रिया दिनुहोस्