Logo

प्रधानमन्त्री ओलीको चुनौतीः अहिले नै हटाइहाले पनि केही छैन



काठमाडौं, २८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन चुनौती दिएका छन् । उनले आफूलाई हटाइहाल्लान् भन्ने कुनै चिन्ता नभएको बताए ।

राजधानीमा नेपाल उद्दोग वाणिज्य महासंघको ५५ औं साधारण सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘अहिले नै हटाइहोल भने पनि केही छैन । यस्तो अंकगणितलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फँयाकिनेछन् ।’

ओलीले वर्तमान सरकारलाई केही महिनालाई तलमाथि पारिहालेमा चिन्ता नगर्न आग्रह गरे । प्रधानमन्त्री ओलीविरुद्ध सत्ता समिकरण बनाउने प्रयास भइरहँदा पछिल्लो भनाई सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस्