Logo

प्रधानमन्त्रीलाई संसदमा स्पस्टिकरण दिन नेता सिंहको चुनौती



काठमाडौं, २९ चैत्र । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले केपि ओलि नेतृत्वको सरकारले जनतालाइ झुक्याउने काम गरेको बताएका छन् । नेपाल दलित संघको आयोजनामा आज काठमाडौमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले नभएको बिकास गर्यौ भनेर यो सरकारले जनतालाइ झुक्याउने गरेको बताएका हुन् ।

नेता सिंहले असंवैधानिक कदम चालेको प्रधानमन्त्री अदालतले संसद पुनरस्थापना गरेपछि पनि संसदिय प्रक्रिया लाई कमजोर पार्ने संसदिय ब्यवस्थालनै गलत हो भनेर जनतामा स्थापित गराउन संस्दको उपेक्षा गरेर प्रधानमन्त्री नियोजित रुपमा अघि बडेको समेत बताएका छन् । प्रधानमन्त्री लाई संसदमा उभियर आफ्नो प्रयास सकारात्मक थियो संसद बिगटन जायज हो भनेर स्पस्टिकरण दिन चुनौती समेत दिएका छन् । सिंहले विभिन्न बहाना बाजि गरेर संद छल्न संसदको आवस्यकता नै छैन भन्दै हिडेको प्रति पनि कडा आपति व्यक्त गर्दै संसदमा उपस्थित हुन प्रधानमन्त्री लाई चुनौति समेत दिएका छन् ।

उनले भने, ‘यो सरकारले देश र जनतालाई झुक्याइरहेको छ । नभए को बिकास भयो भनेर जनताको मत र बिश्वास माथी खेलवाड गरि रहेको छ ।’ साथै नेता सिहले कम्युनिस्टहरुको मुखमा रामराम बगलिमा छुरा हुने गरेको पनि बताए । मुखले धेरै नै काम गरेको भन्ने तर बास्तबिकतामा त्यो नभएको उनको भनाइ थियो ।
देशलाइ संकट पर्दा नेपाली काङ्ग्रेसले सधै देश र जनताको हितमा काम गर्ने गरेको भन्दै उनले अहिलेको अबस्थाबाट मुलुकलाई निकास दिलाउन पनि काङ्ग्रेसकै आफ्नो नेतृत्वको सरकार निरमाण मा प्रयास गरेको भन्दै यो कांग्रेस को रहर नभै मुलुक लाई निकास दिन बाध्यात्मक परिस्थिति आएको बताए ।

‘सरकार पुर्णतः असफल भैसक्यो,भष्ट्राचारमा लिप्त छ । यस्तो सरकारबाट देश र जनताको हितमा काम होला भनेर आश गरे कुनै ठाउँ छैन ।’ उनले भने । साथै सन्त नेता किसुनजिको सपना र योजना मा मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास शुरुआत भयको कुरा दुनियाँ लाई थाहा छ भन्दै यो सरकारले किसुनजिलाई सम्मान गर्ने त कता हो कता ,ओलिले आफैले मेलम्ची काठमाडौं ल्याए भनेर फुर्ती लगाउने गरेको देख्दा अचम्म लागेको बताए ।

अब नया सरकार गठन गरेर मुलुकलाई अहिलेको अबस्थाबाट निकास दिई निस्पकक्ष चुनाब गराउने उनको भनाइ छ । साथै कांग्रेस पाटिको केन्द्रीय कार्यसमिति को निर्णय एउटा हुन्छ जिम्मेवार नेताहरु पाटि निर्णय भन्दा फरक आफुखुसि मनपरि कुरा गर्दै हिड्नु अचम्म को अवस्था रहेको भन्दै यसले जन्ता को नजर मा पाटि प्रति नकारात्मक प्रभाव परेको समेत बताएका छन् । पाटिको तोकियको समयमा महाधिवेशन गराउन सबै लाग्नु पर्ने अवस्थामा अहिले पनि महाधिवेशन लाई प्रभावित पार्ने विभिन्न बहाना बाजि नियुक्ति पत्र बितर्णले विधि पद्धतिको उपहास भयको भन्दै ईतिहासको कुरा गरेर मात्रै पाटि बलियो नहुने भन्दै वास्तविक धरातलमा उभियर राजनीति गर्न समेत नेता कार्यकर्ता लाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्