Logo

जसपाको माग पूरा गर्ने सरकारको तयारी, बिहीबारसम्म २ सय ४२ जनाको मुद्दा फिर्ता लिने !



काठमाडौं, २९ चैत्र । सरकारले जनता समाजवादी पार्टी, नेपालले अघि सारेका माग र मुद्दा सम्बोधन गर्ने तयारी गरेको छ । पछिल्लो समय सरकार र जसपाका नेताहरु सम्मलित वार्ता टोलीले यस विषयमा काम गरिरहेको थियो । जसपाले जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहाई र मुद्दा फिर्ताको माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका यी दुई माग पूरा गराउनेगरि गृहकार्य थालिसकेको स्रोतको दाबी छ । जसपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार विभिन्न २४ वटा केशा २ सय ४२ जनाको मुद्दा फिर्ताको लागि तयारी भैरहेको छ । जसपाले आफ्नो सांसद रेशम चौधरीको पनि रिहाईको माग गरेको छ । तर, सरकारले चौधरीलाई आममाफी नदिने अडान लिएको छ । पछिल्लो समय जसपाका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री ओलीबीच निरन्तर सम्वाद भैरहेको छ । अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसँग निरन्तर छलफलमा बसेको विषयले जसपाभित्र नै तरंग पैदा भएको छ । कतिपयले अध्यक्ष ठाकुरले सत्ता सहकार्यको लागि भित्री साँठगाँठ गरेको पनि टिप्पणी गर्न थालेका छन् ।

जसपामा यतिवेला प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा दुई धार छ । सहकार्य गर्नुपर्छ भन्ने पक्षमा अध्यक्ष ठाकुर र शीर्ष नेता राजेन्द्र महतो उभिएका छन् भने तत्काल ओलीसँग सहकार्य गर्न नहुनेमा अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष उपेन्द्र यादव उभिएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा मिलेर संयुक्त सरकार बनाउने प्रयास भैरहँदा जसपामा एकमत नदेखिँदा नयाँ सरकारको लागि ठोस सहमति हुन सकेको छै्रन । कांग्रेस सभापति शेरबहादुर देउवाले हालै बोलाएको तीन दलको बैठकमा समेत जसपाले समय मागेको थियो । File Photo/ReportersNepal

 

 



प्रतिक्रिया दिनुहोस्