काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता योगेश कुमार भट्टराईले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलार्ला सबैले स्विकार गर्नुपर्ने धारणा राखेका छन् । आज (सोमबार) साँझ सामाजिक सञ्जाल फेशबुकमार्फत नेता भट्टराईले यस्तो धारणा राखेका हुन् । उनले २०७५ जेठ २ गते कायम रहेको एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गर्नपनि सुझाएका छन् । उनले उक्त बैठकमा खुला खुलस्त छलफल गर्नुपर्ने, र षड्यन्त्र र छलछाम कसैले कसैमाथि गर्न नहुने धारणा राखेका छन् ।
नेता भट्टराईले पार्टीका सबै नेताहरुले आफूबाट भएका गल्तीलाई हृदयबाट स्विकार गर्नुपर्ने पनि बताएका छन् । र, पार्टीलाई विधिसम्मत रुपमा सञ्चालन गर्न पनि सबै तयार हुनुपर्ने धारणा राखेका छन् ।आउने निर्वाचनमा नेकपा (एमाले) को बहुमत ल्याउन सबैले कसम खानुपर्ने पनि बताएका छन् ।
उनले लेखेका छन् :





प्रतिक्रिया