Logo

नयाँ नक्सा र शान्तिवार्ता २०७७ को महत्वपूर्ण सफलताः राष्ट्रपति



काठमाडौं, वैशाख १ । राष्ट्रपति विद्यादेवी भण्डारीले विकासको गतिलाई जनताका अपेक्षासँग समानान्तर रूपले अगाडि बढाउनु नै मुलुकको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिदै ऐतिहासिक राजनीतिक परिवर्तनपश्चात् भौतिक पूर्वाधार एवं मानव संसाधनको विकासले सामाजिक र आर्थिक प्रगतितर्फ मुलुक अग्रसर बनेको उल्लेख गरे । उनले विगतको समीक्षा र आगतको आकाङ्क्षा मुखरित गर्ने अवसरका रूपमा समेत नयाँ वर्षलाई लिइने चर्चा गर्नुहुँदै राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले २०७७ उपलब्धिपूर्ण वर्ष रहेको बताएकी छन्।

उनले नेपालको नयाँ राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि नेपालको संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलबीच एकता कायम हुनुलाई राजनीतिक उपलब्धि भएको सन्देशमा व्यक्त गरेकी छन्। उनले कोभिड–१९ सङ्क्रमणको जोखिम बढिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै दैनिक व्यावहारिक जीवन जारी राख्न सम्पूर्ण देशवासीमा आह्वान गरेकी छन् ।

यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिँदै २०७७ साल प्राणघातक कोरोना भाइरसबाट आक्रान्त भएकाले नयाँ वर्षले यसबाट विजयी प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम