Logo

सकेसम्म बन्दाबन्दी हुँदैनः प्रधानमन्त्री ओली



काठमाडौं, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म दोस्रो लहरम बन्दाबन्दी गर्ने पक्षमा नरहेको बताएका छन ।

प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा आज गरेको सम्बोधनका क्रममा बन्दाबन्दी गर्ने पक्षमा नरहेको बताएका हुन् । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेकोसमेत उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्