Logo

भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को परीक्षा स्थगित



एजेन्सी, १ वैशाख । भारतमा सीबीएसई बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा रद्द भएको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी भारत सरकारले परीक्षा स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षा मन्त्रालयका दुई वरिष्ठ अधिकारीलाई भेटेपछि परीक्षा रद्दको निर्णय भएको हो । अब कक्षा १० को नतिजा वस्तुनिष्ठ मापदण्डका आधारमा सार्वजनिक गरिने उल्लेख छ ।

कक्षा १२ को परीक्षा भने स्थगित गरिएको छ । यसका लागि अर्को सूचना जारी गर्ने तयारी भएको छ । भारतमा सीबीएसई बोर्ड अन्तर्गत कक्षा १० र १२ को परीक्षा ४ मेमा तय भएको थियो ।



प्रतिक्रिया दिनुहोस्