Logo

मास्कको प्रयोग नगर्नेलाई उडानमा रोक



काठमाडौं, बैशाख ३ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुले मास्कको प्रयोगबिना प्रवेश नपाउने भएका छन् ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानद्वारा स्वदेश तथा विदेश यात्रा गर्ने यात्रु, आफन्तलाई पु-याउन तथा लिन आउनुहुनेले समेत मास्क प्रयोग नगरे विमानस्थल प्रवेशमा रोक लगाइएको अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा देखापरेको र सो रोग रोकथामका लागि उक्त नियम लागू गरिएको हो। विमानस्थल प्रवेश गर्नेले मास्कको प्रयोग गरेको नपाइए उडान भर्न समेत रोक लगाएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्