Logo

‘सरकार बनाउने मधेसवादीसँग र मध्यावधी चुनावमा लैजाने चाँबी प्रचण्डसँग छ’



तनहुँ, ३ बैशाख । सरकार बनाउने चाबी मधेसवादी दलसँग र मध्यावधी चुनावमा लैजाने चाँबी प्रचण्डसँग भएको नेपाली कांग्रेस विदेश विभाग प्रमुख तथा पुर्व केन्द्रिय सदस्य गोविन्द भट्टराईले खुलाशा गरेका छन् । तनहुँ तरुणदलले गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार प्रमुख अतिथि भट्टराईले यस्तो खुलाशा गरेका हुन् ।

‘सरकार बनाउने चाबी मधेसवादी दलसँग र मध्यावधी चुनावमा लैजाने चाँबी प्रचण्डसँग छ ।’ कार्यक्रममा बोल्दै नेता भट्टराईले भने, ‘मधेसवादी नआइकन सरकार बन्दैन । प्रचण्डले विश्वासको मत फिर्ता नलिइकन मध्यावधी चुनाव हुन सक्दैन ।’

प्रजातान्त्रिक समाजवादी विचारधारालाई पोख्नको लागि वि पि कोइरालाले तरुणदलको स्थापना गरेको भट्टराईले बताए । उनले नेपाली कांगेस सबै आदिवासी, जनजाति, दलित लगायतलाई हक अधिकार दिने राजिनितिक पार्टी भएको बताए । भट्टराले शिक्षा, स्वास्थ्य, गाँउको विकास तथा देशको समग्र विकास गर्ने पार्टी पनि कांगेस नै भएको जिकिर गरे ।

तनहुँ तरुनदलका कार्यवाहक सभापति हिरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा तरुनदलका सभापति बिरु थापा, उपाध्यक्ष मोहन श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेल, ने.का तनहुँ पुर्व सभापति ध्रुव वाग्ले, जिल्ला सभापति बैकुण्ठ न्यौपाने, कार्यवाहक सभापती जित बहादुर आले, पुर्व सभापति रघुनाथ पौडेल, प्रदेश सांसद सरिता गुरुङ, संविधान सभा सदस्य झुल बहादुर आले, भानु नगरपालिकाका मेयर उदयराज गौली, शुक्लागण्डकीका मेयर किसान गुरुङ लगायतले आफ्नो मन्तव्य राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्