Logo

सेतीमा उपचाररत कोरोना संक्रमितको मृत्यु



कैलाली, बैशाख ४ । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका -१० का ८१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो।

शुक्रबार नै कोरोना संक्रमण देखिएको उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखिएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot