Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं, ७ बैशाख । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक अहिले दिउँसो १ बजे बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी द्यिएका छन् । स्थायी कमिटी बैठक हिजो नै बस्ने भनिएको थियो ।

तर, संसदको अधिवेशन अन्त्य भएकोले बैठक आज बस्ने भन्दै स्थगित गरिएको थियो । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार बनाउने घोषणा गरेको माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन कायमै राख्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस असन्तुष्ट छ । सार्वजनिक कार्यक्रममै कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रोश पोख्ने गरेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्