Logo

स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी कोरोनाको वर्तमान स्थिति, सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गरेको ब्रिफिङपछि ओलीले मापदण्ड पालना नगर्ने कारबाही गर्नुपर्ने बताएका हुन् ।

सीसीएमसीका अधिकारीहरुले वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको निष्कर्ष प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए । सम्बन्धित मन्त्रालय र सीसीएमसीका अधिकारीहरुको ब्रिफिङपछि ओलीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले थप के–के काम गर्नुपर्छ, त्यसबारे सीसीएमसीले छलफल गरेर मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउनसमेत निर्देशन दिनुभएको छ ।

ैठकमासीसीएमसीको निर्देशक समितिमा आवद्ध मन्त्री तथा सचिवहरूको सहभागिता थियो । त्यहाँ कोरोनाको जोखिम, यसमा भइरहेका प्रयासहरु, सरकारले भोगिरहनुपरेका समस्याबारे कर्मचारीका तर्फबाट प्रस्तुती गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot