Logo

भारतको अदालतद्वारा निर्वाचन आयोगमाथि हत्या अभियोग दर्ताको फैसला



एजेन्सी, १३ वैशाख । व्यक्तिमाथि हत्या अभियोग दर्ता भएको त सुनिएकै हो । तर, सरकारको कुनै संस्था विशेषमाथि हत्या अभियोग दर्ता भएको सायदै सुनिएको छ । भारतमा निर्वाचन आयोगमाथि हत्या अभियोग दर्ताको फैसला सुनाइएको छ ।

मद्रास उच्च अदालतले भारतको निर्वाचन आयोगलाई गैरजिम्मेवार संस्था भनेको छ । फैसलामा भारतको निर्वाचन आयोगलाई भनिएको छ,‘आजको अवस्थामा यो सबैभन्दा गैरजिम्मेवारपूर्ण संस्था हो ।’

राजनीतिक दलहरुलाई कोभिड रोकथामसम्बन्धी नियम अबलम्बन गराउन नसकेको, राजनीतिक र्यालीहरु गर्नबाट रोक्न नसकेको भन्दै कोरोना भाइरसको संक्रमण फैलाउन जिम्मेवार भएको फैसलामा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्