Logo

दिल्लीमा दुई हप्तामा ३० प्रवासी नेपालीको कोरोना संक्रमणबाट मृत्यु, जनसम्पर्क समितिबाट ध्यानाकर्षण



काठमाडौं, १४ वैशाख । भारतको नयाँ दिल्लीमा बितेको २ हप्ताबीच ३० जना प्रवासी नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले मृत्युबारे जानकारी गराउँदै नेपालीहरुको बिजोग हालत रहेको बताए ।

प्रवासी नेपालीहरुले अक्सिजन नपाउने र हस्पिटल भर्ना हुन नपाएको समेत उनको भनाई थियो । उनले भने,‘अतिनै बिजोग हालत छ ।’

बस व्यवसायीले जथाभावी भाष असुले गर्ने जस्ता विकृति देखिएको समेत पाण्डेले बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रवासी नेपालीहरुको जीवनरक्षाको ध्यानाकर्षण गराउँदै सेवा पाउने अवस्था निर्माणमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्