Logo

सरकारले ठोस काम नगरेकाले फेरि लकडाउनः काँग्रेस सभापति देउवा (प्रेस नोटसहित)



काठमाडौं, १७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको आरोप लगाएका छन् । आज बुढानिलकण्ठस्थित निवासमा पत्रकार सम्मेलन गरेर उनले प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन, भिडभाड र तडक भडकमा मग्न हुँदा कोरोना भाइरसको महामारी बढेर लकडाउनको स्थिति बनेको आरोप लगाएका हुन् ।

‘अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ,’ देउवाले भने । उनले सरकार असंवेदनशील र अर्कमन्य रहेको आरोप समेत लगाए ।

सरकारले परीक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौं मानिसहरु लकडाउन नभएका कम संक्रमित जिल्लाहरुमा पुगेको उल्लेख गर्दै व्यापक संक्रमणको खतरा बढेको उल्लेख गरे । उनले सरकारसँग अक्सिजन, भ्यान्टिलेटरको यथेष्ट आपूर्ति तत्काल सुनिश्चित गर्न माग समेत गरे ।

तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्