बैशाख २७ गते संसदको बजेट अधिवेशन बोलाउन सरकारको सिफारिश


काठमाडौं, १९ बैशाख । सरकारले संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन यही बैशाख २७ गते बोलाउन सिफारिश गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका थिए । आजको बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिनेपनि जानकारी गराएका थिए । मन्त्रिपरिषद बैठक जारी रहँदा नै प्रधानमन्त्री ओली फेरि राष्ट्रपति भेट्न शितलनिवास पुगेका छन् । Photo Source: PM secretariat