एनआरएनए अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण


काठमाडौं, १९ बैशाख । गैरआवासी नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तलाई पनि कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ भएको जानकारी गराएका हुन् ।

उनले लेखेका छन्–‘सावधानी अपनाउँदा अपनाउँदै मलाई पनि कोरोनाले भेटेछ । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । अहिले म आइसोलेसनमा छु । केही दिनयता मेरो सम्पर्कमा रहनुभएका सबैलाई सतर्क रहन अनुरोध छ । असुविधाका लागि क्षमाप्रार्थी छु।’

उनी नेपालमा छन् कि जर्मनीमा भन्ने कुरा भने खुलाएका छन् । पन्त पछिल्लो समय नेपालमै थिए ।