कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि


काठमाडौं, २० बैशाख । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । नेता शर्माले सामाजिक सञ्जाल फेशबुकमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी गराएका हुन् ।

उनले लेखेका छन्–‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l टेकु´का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ l सबैलाई विनम्र आग्रह छ – सजग बनौं !”  File Photo/ReportersNepal