काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साँढे ३ बजे देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड १९ को सन्दर्भमा देशवासीको नाममा सम्बोधन गर्न लागेको जानकारी दिएका छन् । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने पनि जनाईएको छ ।
प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै आजै दिउँसो ४ बजे मन्त्रिपरिषद बैठक पनि बस्ने तय भएको छ । मन्त्रिपरिषद बैठकमा पनि कोभिड नियन्त्रण तथा रोकथामसम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने बुझिएको छ । File Photo/ReportersNepal




प्रतिक्रिया