Logo

देउवा–दाहाल गोप्य भेटवार्ता, प्रधानमन्त्री ओलीलाई विस्थापित गर्न सहमत



काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । देउवा र दाहालबीच हिजो चक्रपथस्थित एक व्यापारीको घरमा भेटवार्ता भएको हो । उक्त भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गर्नेबारे छलफल भएको दाहालनिकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएकोले त्यो भन्दा अघि रणनीति बनाउन देउवा र दाहाल हिजो भेटवार्तामा जुटेका हुन् । प्रधानमन्त्री ओलीलाई हटाउनको लागि अविश्वासको प्रस्ताव लैजानेबारे पनि कुराकानी भएको बुझिएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष मिल्दा बहुमत पुग्ने उनीहरुको आँकलन छ । उता, एमालेभित्र माधव नेपाल पक्षधले विद्रोह गर्ने भएको छ । माधव पक्षधर २१ जना प्रत्यक्ष निर्वाचित सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् । उनीहरु अहिले आन्तरिक छलफलमा छन् । File Photo/RN

 



प्रतिक्रिया दिनुहोस्