Logo

ओली सरकारको दिनगन्ती सुरू, अब ओलीमुक्त देश बनाउनुपर्छ : कांग्रेस नेता खतिवडा



काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रभावशाली नेता तथा पूर्व सभासद रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्ने बताएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा नेता खतिवडाले भने–‘अहिले हाम्रो पार्टीको पदाधिकारी बैठक जारी छ, अब ओली सरकारका दिनगिन्ती सुरु भयो । यो सरकारले संविधान र व्यवस्था नै ध्वस्त बनाउने काम गरेको छ । आफ्नो मनलाग्दी गरिएको छ, यो अति भएको थियो । अब ओली सरकारको बहिर्गमन निश्चित् छ ।’

उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि प्रधानमन्त्री ओलीले संसद स्थगित् गरेको पनि आरोप लगाए । उनले भने‘आफूलाई हटाउन लागे भन्ने थाहा पाएपछि संसद् नै स्थगित् गर्ने काम उहाँबाट भएको छ, यो त सरासर संविधान मिच्ने काम हो नि । अहिले उहाँको क्याविनेटमा एक तिहाई मन्त्री सांसद नभएकाहरु छन् । यो कस्तो विडम्बना ? उहाँले लोकतन्त्र समाप्त पार्न खोज्नुभयो ।’

उनले प्रधानमन्त्री ओलीबाट पछिल्लो समय नेपालको राजनीतिलाई घृणित गर्ने काम भएको पनि टिप्पणी गरे । उनले भने,‘अब त कस्तो भयो भने हेर्नुहोस, हिजो नेकपालाई भोट हाल्नेहरुलाई पनि ठूलो पछुतो छ, म कम्युनिष्ट थिएँ, भोट हालेको थिएँ भन्नेहरुलाई पनि ओलीको काम र व्यवहारले गर्दा आज मुख छोपेर हिँड्ने अवस्था आएको छ । मुलुकले बुझ्ने बेला आएको छ । अलिकति समय अझै छ, अब ओलीमुक्त देश बनाउनुपर्छ । यो नै आजको आवश्यकत्तता हो ।’

उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेबारे प्रयास गरेपनि त्यो सम्भव नहुने जिकिर गरे । प्रधानमन्त्रीले यही बैशाख २७ गते विश्वासको मत लिने कार्यतालिका छ । उनले भने,‘उहाँले विश्वासको मत पाउनुहुन्न, उहाँ अहिलेपनि अल्पमतमा हुनुहुन्छ, माओवादी केन्द्रले त यो सरकारलाई समर्थन छैन भनेर भनिरहेको छ, आज पनि माओवादी केन्द्रको बैठक जारी छ । सायद, आज उहाँहरुले केही महत्वपूर्ण निर्णय लिनुहोला ।’ प्रधानमन्त्री ओलीले अघिल्लो वर्ष तत्कालिन समाजवादी पार्टी फुटाउन प्रयास गरेको र अहिले जनता समाजवादी पार्टी फुटाउन उद्धत रहेको पनि उनको टिप्पणी छ ।

उनले भने,‘हिजो पनि उहाँ पार्टी फुटाउने फोहोरी खेलमा लाग्नुभएकै थियो, अहिले आफ्नो कुर्सी जोगाउनको लागि जनता समाजवादी पार्टी फुटाउनतिर लाग्नुभयो । यो गलत काम हो ।’ उनले ओलीले आफूनिकट मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्ताव आउनेबित्तिकै राज्य शक्तिको दुरुपयोग गर्दै त्यसलाई छल्ने काम गरेको पनि गम्भी आरोप लगाए । उनले भने,‘प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव आयो, उहाँकै निर्देशनमा प्रदेशसभा स्थगित् गरियो, पछि गण्डकी, लुीम्बनी, र प्रदेश नम्बर २ मा आउँदा पनि त्यही काम गर्नुभयो । उहाँ त यो व्यवस्था र पद्धती समाप्त पार्ने खेलमा लाग्नुभयो ।’

उनले मुलुक कोरोनाको कारण भयावह अवस्थामा रहेको बेला सरकार र यसका मन्त्रीहरु भने उद्घाट्न र निरीक्षणमा हुलका हुल बाँधेर हिँड्ने गरेको गुनासो पोखे । हिजो राणा र राजाहरुको पालामा पनि नभएका निरंकुश काम ओलीबाट भएको उनको भनाई छ । सोहीअनुसार प्रदेश प्रमुखहरु रातारात फेरिएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्