आजबाट प्रधानमन्त्री ओली अल्पमतमा


काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आजबाट अल्पमतमा परेका छन् । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिइआएको समर्थन आज फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएसँगै अल्पमतमा परेका हुन् ।

ओलीले अल्पमतमा पर्नुअघि नै विश्वासको मत लिने निर्णय लिइसकेका छन् । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखमा प्रतिनिधि सभाको बैठक आव्हान गरेकी छिन् ।

२०७४ सालको संसदीय चुनावमा प्रधानमन्त्री बन्दा ओलीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टीसहितको दलले समर्थन गरेका थिए । ओली नेपालको इतिहासमा दुई तिहाईको प्रधानमन्त्री बन्ने थोरैमध्येका बन्न सफल भएका थिए ।

अब अल्पमतमा परेपछि ओलीलाई १२१ सांसदको मात्र साथ छ । माओवादीको ४९ सांसद रहेकोमा समर्थत फिर्ता भएको हो ।