Logo

देउवा निवासमा कांग्रेस–एमाले नेताहरुको भेटवार्ता जारी, को-को छन् ?



काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा (एमाले) का नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठमा छन् । प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । त्यसको सन्दर्भमा ओलीले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेको बुझिएको छ ।

आफूविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधव नेपाल पक्षले मोर्चाबन्दी कसेपछि प्रधानमन्त्री ओली आज आफ्नो पार्टीका प्रभावशाली नेताहरु लिएर बुढानिलकण्ठ पुगेका हुन् । भेटवार्तामा एमालेबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन् ।

देउवा फकाउँदै प्रधानमन्त्री ओली, बादललाई लिएर बुढानिलकण्ठमा

कांग्रेसबाट भने सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्ण बहादुर खड्का र डा. प्रकाशशरण महत सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्