Logo

अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द हुँदै



काठमाडौं, बैशाख २३ । सरकारले आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बैशाख मसान्तसम्म बन्द गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आज राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द हुन लागेका हुन् ।

वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले आजदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको थियो । आन्तरिक उडान भने बैशाख २१ गते राति देखि नै बन्द भईसकेका छन्।

यद्दपी अत्यावश्यक पर्दा आन्तरिक तथा बाह्य चार्टर उडान गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । बुधबार मात्रै आन्तरिकतर्फ दुई जहाज कम्पनी तथा १० हेलिकप्टर कम्पनीले ४१ उद्धार उडान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्