Logo

ओली र नेपालबीच निर्णायक वार्ता हुने



काठमाडौं, २४ वैशाख । नेकपा एमालेको विभाजन रोक्न अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच निर्णायक वार्ता हुने भएको छ । दुई नेताबीच आज या भोलिभित्र वार्ता हुने बुझिएको छ ।

वार्ताको वातावरण बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी देखि दुवै पक्षका दोस्रो पुस्ताका नेताहरु सक्रिय छन् । भण्डारीले ओली र नेपाललाई सँगै राखेर सहमति निकाल्ने प्रयास गरेकी छिन् । तर, नेपाल मानेका छैनन् ।

२७ वैशाखमा ओलीले विश्वासको मत लिन लागेकोले त्यस अघि नै दुई नेताबीच सहमति निकाल्ने पहल भइरहेको छ । नेपालले २ जेठ २०७५ अघिको अवस्थामा फर्कनेलाई बटमलाइन भनेका छन् । तर, ओली अघि बढ्नेबाहेकको विकल्पमा सहमति हुन सकेका छैनन् ।

ओली र नेपालबीच वार्ताका लागि वातावरण बनाउन सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, घनश्याम भुसाल, योगेश भट्टराई निकै सक्रिय छन् । यसपटकको वार्ता निर्णायक हुने र वार कि पारको कुरा हुने गरी तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्