Logo

संवैधानिक परिषदको बैठकले कहाँ कहाँ नियुक्ति गर्ला ?



काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक डाकेका छन् । उनले आइतबार विहान ९ बजेका लागि बैठक डाकेका हुन् ।

संवैधानिक निकायमध्ये लोकसेवा आयोगको अध्यक्षसहित सबै पदाधिकारी, महिला, मधेशीलगायत आयोगहरुमा सदस्यको पद रिक्त रहेको अवस्थामा बैठक डाकिएको हो । बैठकले संवैधानिक निकायका विभिन्न १८ रिक्त पदमा नियुक्ति गर्ने सम्भावना छ ।

नियुक्तिकै लागि सरकारले मन्त्रिपरिषदबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याइसकेको छ । अध्यादेशबारे धेरैको चासो छ ।

यसैगरी, संवैधानिक परिषदको बैठक सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बहिष्कार गर्ने भएका छन् । यसअघि संवैधानिक परिषदको बैठकमा पनि उनीहरु अनुपस्थित थिए । तर, अध्यादेश ल्याएर संवैधानिक परिषदको पदेन अध्यक्ष प्रधानमन्त्रीसहित बहुमतको निर्णयबाट नियुक्ति गर्न सकिने प्रावधान ल्याइएको थियो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्