Logo

एमाले विवाद मिलाउन राष्ट्रपतिदेखि दोस्रो तहका नेतासम्म सक्रिय



काठमाडौं, बैशाख २५ । नेकपा (एमाले)को एकता जोगाउनका निम्ती आफूले गरेका निर्णय मानेर पार्टी गतिविधिमा संलग्न हुन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले समानान्तर गतिविधि गरिरहेको वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्षलाई आग्रह गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका संगठन विभाग प्रमुख विष्णु पौडैललगायतलाई पछिल्ला दिनमा पार्टीको विवाद मिलाउन परिचालन गरेका ओली आफैंले पनि नेपाल पक्षका नेताहरूसँग पटक-पटक छलफल गरेका छन् ।

छलफलमा सहभागी खनाल(नेपाल पक्षका नेताहरूले अध्यक्ष ओलीले पार्टी एकताका लागि ठोस प्रस्ताव अगाडि नसारेको र आफूहरूले राखेको प्रस्तावमा पनि स्वीकृति नजनाएको बताएका छन् ।

एमालेको विवाद उत्कर्षमा पुगेको बेला राष्ट्रपति भण्डारीले बिहीबार साँझ नेता नेपालसँग झन्डै पौने ३ घण्टा छलफल गरेकी थिइन् । राष्ट्रपति कार्यालय सितल निवासमा भएको छलफल एमालेको एकता जोगाउने विषयमा केन्द्रित भएको बताइएको छ ।

राष्ट्रपति र नेता नेपालबीच छलफल भइरहेका बेला प्रधानमन्त्री निवासमा अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईसँग छलफल गरेका थिए । झन्डै ३ घण्टा भएको छलफलमा पनि एकताको शुत्र नभेटिएको छलफलमा सहभागीले बताएका छन् । कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot