Logo

मौसममा सुधार आएसंगै गर्मी बढ्यो



काठमाण्डौं, बैशाख २६। आज देशका धेरैजसो ठाउँको मौसममा सुधार आएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभावका कारण बितेका केही दिनदेखि देशभरको मौसम बदली भइरहेकोमा आजदेखि सुधार आएको हो ।

तर आज पनि दिउँसो पछि देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

आज प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बादल लागेको महाशाखाले जनाएको छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । केही ठाउँमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित हल्का बर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्