Logo

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउलान् ?



काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत माग्ने ओलीको प्रस्ताव निर्णयार्थ प्रस्तुत पनि हुनेछ ।

ओलीले विश्वासको मत लिन सक्ने सम्भावना क्षीण छ । नेकपा एमाले आफै विभाजनको संघारमा रहेको र प्रतिनिधि सभामा रहेका कुनैपनि दलले ओलीलाई विश्वासको मत नदिने भएपछि प्रस्ताव असफल हुने निश्चित जस्तै छ ।

जनता समाजवादी पार्टीले पनि ओलीलाई विश्वासको मत नदिने भएको छ । जसपाले हिजो निर्णय गरी आफ्ना सांसदहरुलाई विश्वासको मतको पक्ष, विपक्ष या तटस्थ बस्न स्वतन्त्र छाडेको छ ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र विश्वासको मतको विपक्षमा रहने निर्णयमा पुगिसकेका छन् । राष्ट्रिय जनमोर्चा पनि ओलीको विपक्षमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot