काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिनु अघि नै राजीनामा दिनसक्ने सम्भावना छ । उनले राजीनामा दिएर फेरि संविधानको धारा ७६ ३ बमोजिम प्रधानमन्त्री बन्ने रणनीति बनाएको बुझिएको छ ।
राजीनामा दिएर ओली फेरि अल्पमतको प्रधानमन्त्री बनेमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यसबारे उनले परामर्श गरिरहेको बुझिएको छ ।
राजीनामा नदिए ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसमा सफल भए उनी एक वर्ष ढुक्कले प्रधानमन्त्री रहनेछन् । असफल भए अल्पमतको प्रधानमन्त्री बन्नेतर्फ अगाडि बढ्ने तयारी गरेका छन् । त्यसभन्दा अघि नै उनले राजीनामा दिएर माहोल फेरि आफ्नै पक्षमा पार्न खोजेका छन् ।




प्रतिक्रिया