Logo

म छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने नचिताउनुः प्रधानमन्त्री ओली



काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने अहिले नै नचिताउन भनेका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा बोल्दै उनले आफू नै प्रधानमन्त्रीमा रहने संकेत समेत गरे ।

ओलीले भने,‘म छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने नचिताउनु ।’ ओलीले सरकार जस्तो बनेपनि जे बनेपनि कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बताए ।

उनले आफूले विश्वासको मत लिन्छु नभनेसम्म माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको बताए । उनले भने,‘सरकारलाई कति सुदृढ समर्थन रहेछ । समर्थन फिर्ता लिनुभएन ।’-तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्