Logo

मन्त्रिपरिषद्को निर्णयः प्रतिनिधि सभाको अधिवेशन अन्त्य



काठमाडौं, २७ वैशाख । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले विश्वासको मत लिने प्रायोजनका लागि आव्हान गरिएको प्रतिनिधि सभाको अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय गरेको छ । बैठकले अधिवेशन अन्त्यको सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा केही महत्वपूर्ण निर्णय भएको बुझिएको छ । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।-तस्बिरः प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्