Logo

क्याबिनेट सकेर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न किन पुगे ?



काठमाडौं, २७ वैशाख । मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । उनले विश्वासको मत लिने प्रयोजनले डाकिएको प्रतिनिधि सभा बैठक अन्त्यको सिफारिशको निर्णय गराएको खुलेको छ । त्यसबाहेक अन्य महत्वपूर्ण निर्णयहरु पनि गरेको बुझिएको छ ।

विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको आव्हान गर्नसक्ने सम्भावना रहँदा ओली शितलनिवास पुगेका हुन् । अब संविधानको धारा ७६ को उपधारा २ या ३ बमोजिम सरकार गठनको आव्हान हुने या धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको आव्हानमा जान सक्ने सम्भावना छ ।-तस्बिरः प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्