Logo

आज यी स्थानमा हुन सक्छ भारी वर्षा



काठमाडौं, बैशाख २९ । आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ ।

देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र वाग्मती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले उल्लेख गरेको छ ।

त्यस्तै रातिसम्म देशका अधिकांश भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका तराइका भू-भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्