काठमाडौं, बैशाख ३० । नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । बुधवार २४ घण्टाको अवधिमा थप ९ हजार ३०५ जनामो संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ । पछिल्लो साता कोरोनाका कारण मृत्यु हुनेको संख्या ≈वात्तै बढेको छ । पछिल्लो १ सातामा मात्रै कोरोनाबाट ७ सय ७७ जनाको मृत्यु भएको छ । हालसम्म कुल ४ हजार २५२ को कोरोना संक्रमणका कारण मृत्यु भएकोमा ३ लाख १६ हजार निको भएका छन् । आर्थिक अभियान दैनिकबाट




प्रतिक्रिया