Logo

उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा



काठमाडौं, बैशाख ३० । काठमाडौं उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड(१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ।

काठमाडौं प्रशासनले बुधबार एक सूचना जारी गरी कोरोनाको महामारी तीव्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ। “निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्नेरगराउने व्यवस्थाका लागि जानकारी गराइन्छ”, प्रशासनद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ।

सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ।

यसैबीच उपत्यकामा बुधबार राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। बुधबार राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकिन लागेकाले रातिदेखिनै लागू हुनेगरी थप दुई हप्ता उक्त आदेश जारी गरिएको हो।

उपत्यकाको तीन जिल्ला (काठमाठौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो। उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो। त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दे आज राति १२ बजेसम्मका लागि समय थपिएको थियो। सङ्क्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको हो।

उनका अनुसार यसपाली निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ। उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स ९खाद्य सामग्री मात्र बिक्री गर्न० खुला हुने छ। मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ।



प्रतिक्रिया दिनुहोस्