Logo

भारतीय कांग्रेस विधायक उमंग सिंघारको घरमा महिला साथीले गरिन् आत्महत्या



एजेन्सी,३ जेठ । भारतीय कांग्रेस विधायक तथा पुर्व मन्त्री उमंग सिंघारको भोपालस्थित निजी घरमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । शाहपुरा प्रहरीको अनुसार उमंग सिंघारको साथी ३८ वर्षीया सोनिया भारधाजले कोठाको ग्रिलमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

प्रहरीलाई घटनाको सुचना घरेलु कामदारले दिएका थिए । मृतक महिलाको विधायक उमंगसँग लामो समयदेखि चिनजान थियो । उनी प्रायः भोपाल आएर बस्ने गर्थिन् । प्रहरीेले मृतकको साथमा भएको पर्सबाट सुसाइड नोट फेला पारेको छ । सुसाइड नोटमा सिंघारको नाम सम्बोधन गर्दै उनले लेखेकी छिन्, ‘तिम्रो जीवनमा लामो समयदेखि स्थान खोजिरहेको थिए, तर अब पर्खन सक्दिन ।’ सिंघारले आफ्नो कुरा नबुझेको हुनाले धेरै रिसाएको पनि सुसाइड नोटमा उल्लेख गरेकी छिन् । समस्या परेको भन्दै आत्महत्या बारे पनि बताएकी छिन् ।

प्रहरीको अनुसार मृतक महिला सोनिया भारधाज अम्बलाको बलदेव निवासी हुन् । उनी दुई दिन अगाडी भोपाल आएकी थिइन् । प्रहरीले घटनाको अनुसन्धान अगाडी बढाएको बताएकोे छ । घटनाको बारेमा विधायक सिंघारले महिला आफ्नो राम्रो साथी भएको र आत्महत्या गर्नुको कारण बुझ्न नसकेको बताएका छन् ।  स्रोतः वेबदुनिया



प्रतिक्रिया दिनुहोस्