Logo

चक्रवात ताउ-ते उत्तरपश्चिमतर्फ बढ्दै, नेपालमा कस्तो असर पर्ला



काठमाडौं, ४ जेठ । अरब सागरको शक्तिशाली चक्रवात ताउ-ते उत्तर पश्चिम हुँदै गुजरातमा पुगेर बढिरेहेको छ । केरला, कर्नाटक, महाराष्ट्र हुँदै गुजरात पुगेको चक्रवातले त्यहाँ आँधीसहित भारी वर्षा भएको छ । लाखौं मानिसलाई तटीय क्षेत्रबाट उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले अति शक्तिशाली चक्रवात ताउ ते को प्रत्यक्ष असर नेपालमा नपरेपनि केही असर पर्ने जनाएको छ ।

यसैगरी, महाशाखाले देशभर सामान्य देखि पूर्ण बदली रहने उल्लेख गरेको छ । देशका केही स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएके छ ।

महाशाखाका अनुसार उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्