Logo

कोरोना संक्रमणबाट डाक्टर पूज्यश्री कार्कीको निधन



काठमाडौं, ५ जेठ । आँखारोग विशेषज्ञ डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ । उनको कोराना भाइरसको संक्रमणबाट आज विहान निधन भएको हो ।

नर्भिक अस्पतालमा डा. कार्की १० दिनदेखि आइसियूमा उपचाररत थिइन् । प्राध्यापक समेत रहेकी डा. कार्की किष्ट मेडिकल कलेजमा आँखा रोग विभागकी प्रमुख थिइन् ।

नेपाल मेडिकल कलेजबाट एमबीएस गरेकी डा.कार्कीले धरानबाट एमडी गर्नुका साथै अमेरिकामा समेत अध्ययन गरेकी थिइन् । उनका पति प्रराब्ध सिजापती पनि डाक्टर नै हुन् । उनीहरुका दुई छोरा छन् ।



प्रतिक्रिया दिनुहोस्